May 31, 2023

लेक लागेर सोलुमा बेलायती नागरिकको मृत्यु

Dec 27 , 2016

पुस १२, सोलखुम्बु । भ्रमणका क्रममा सोलुखुम्बु पुगेकी एक बेलायती नागरिकको गत शनिवार लेक लागेर मृत्यु भएको छ ।

एक भरियाका साथमा पुगेकी उनको खुम्जुङ–७ मा मृत्यु भएको हो ।

उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले बताउनुभयो ।