Mar 19, 2023

चिलीमा शक्तिशाली भुकम्प

Dec 25 , 2016

पुस १०, २०७३ । चिलीमा ७.७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । चिलीको दक्षिणी पश्चिममा पर्ने पिउरटो मन्टमा नेपाली समयअनुशार आइतबार बेलुकी ८ बजेर ७ मिनेट जाँदा भुकम्प गएको हो ।

भुकम्पपश्चात् सो क्षेत्रमा सामुन्दि« छाल आउने सक्ने प्यासेफिक सुनामी केन्द्रले जनाएको छ ।

चिलीको आपत्कालिन कार्यालयले सो क्षेत्रका वायोवायो,आरुसानिया, लस रायोज, आइसेनका बासिन्दालाई ठाउँ खाली गर्न अनुरोध गरेको छ ।

क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।