Mar 28, 2023

धनुषामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

Jan 04 , 2017

पुस २०, धनुषा । धनुषाको क्षिरेश्वरनाथ–२ रमदैया चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा हरिपुर– ४ का २२ वर्षीय जितेन्द्र महतो छन् । मंगलबार बेलुकी ज५ प ५३४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उपचारका क्रममा रमदैया मेडिकल कलेजमा जितेन्द्रको मृत्यु भएको हो ।

त्यस्तै सो मोटरसाइकलमा सवार सोही स्थानका समिर राइन घाइते भएका छन् ।

सुनकोशीमा जीप खस्दा ७ जनाको मृत्यु

Dec 18 , 2016

sun

पुस ३, सिन्धुली । काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो सो जीप रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा जीपमा सवार ९ जनामध्ये ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । जसमा सिन्धुपाल्चोक फुल्पिङकट्टि–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, ५७ वर्षीया बाले शेर्पा सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीना शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् ।

त्यसैगरी काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारको क्रममा जनसेवा अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुशार मृतक एक जनाको सनाखत हुन सकेको छैन ।

बा १२ च ८८९७ नं. रहेको स्कारपियो जीप नदीमा खसेपछि जीपमा सवार एक जना बेपत्ता रहेको र अर्को एक महिलाको उदयपुरको घुर्मीमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।