अफगानिस्तानमा सांसदको घरमा आक्रमण
Dec 22 , 2016

पुस ७, २०७३ । अफगानिस्तानको राजधानी काबुलस्थित हेलमंदका सांसद मीर वलीको घरमा आक्रमण भएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका छन् ।
स्थानीय संचारमाध्यमले जनाएअनुशार सो आक्रमणमा सांसद वली बाच्न सफल भएका छन् । अधिकारीका अनुशार यद्धपी अहिले त्यहाँ आक्रमण भइरहेको छ ।
अफगानिस्तानबाट अंतर्राष्ट्रिय गठबन्धन सेना २०१४ मा फर्किएलगत्तै तालिवानले हेलमंद प्रान्त कब्जा गर्दै आएको छ ।
हेलमंद प्रान्तमा अफिमको खेती हुने गर्दछ । एजेन्सी