May 31, 2023

ह्‌वात्तै घट्यो दाहाल र ज्ञवालीबीचको मतान्तर

May 24 , 2017

— भरतपुर महानगरपालिकामा एमालेको राम्रो मताधार रहेको वडाहरुको मत गणना सकिँदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले बनाएको फराकिलो मतान्तर ह्वात्तै घटेको छ। पछिल्ला तीन वटा वडाको मतपरिणामपछि रेणु दाहालले मतान्तर उल्लेख्य घटाएकी छिन्।

वडा नं. २७ सम्मको गणना सक्दा मंगलबार देवि ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अगाडि थिए। बुधबार अवस्था फरक रहयो। वडा नं. २७ पछि  तीनवटा वडाको मत गणना हुँदा ज्ञवाली दाहालभन्दा एक हजार ९६१ मतले अगाडी छन्। २७ पछि १३ नम्बर वडाको मत गणना भएको थियो। त्यो माओवादीको प्रभाव भएको वडा हो।

त्यसपछि गणना भएको २६ र १४ नम्बर वडामा नेपाली काँग्रेसको प्रभाव भएको वडाहरु हुन्। पछिल्लो पटक गणना सकिएको वडा नं. १४ मा नेपाली काँग्रेसका उम्मेद्वार वडाध्यक्षमा विजयी भए।

सौराहामा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु

Dec 19 , 2016

पुस, ४ चितवन । चितवनको सौराहास्थित गैंडाको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन रत्ननगर–१९ सौराहामा बस्दै आएकी मोदीमाया तामाङ छिन् ।

तामाङ आज दिउँसो साढे १२ बजे भैंसीलाई नुहाइदिन भनी जादाँ गैंडाको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताउनुभयो ।