Sep 28, 2023

ट्राभल्समा “एमोनाइट एडभान्चर एण्ड ट्रेक्स” नै किन ?

Feb 23 , 2017

फागुन १२, काठमाडौं । दिनभरी आफ्नो रुप फेरिरहने तथा सौन्र्दय विभिन्न फूलहरुले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिने रारा ताल, फेवातालबाट देखिने हिमालको छाँया, साँस्कृतिक सम्पदाले भरिपुर्ण साथै विश्वकै सबैभन्दा अग्लो हिमालको रुपमा चिनिने सगरमाथा हेर्न तथा घुम्ने चाहाना कसलाई हुँदैन र ?

स्वच्छ, शुन्दर, शान्त देशमा मनभित्र गुम्सिएका असंख्य पीडालाई भुलाउन भनी वर्षेनी हजारौंं विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । त्यस्तै घुम्न आउने पर्यटक तथा स्वदेशीका लागि सहज तरिकाले गन्तव्यमा पु¥याउन नेपालमा धेरै नै ट्राभल एण्ड टुर्स संस्थाहरु खोलिएका छन् । संस्थाहरुले भाषामा पोख्त भएका गाइडद्धारा सहज रुपले सफल यात्रा गराउन महत्वपुर्ण भुमिका पनि निर्वाह गर्दै आएका छन् ।

त्यस्तै ट्राभल संस्थाका रुपमा “एमोनाइट एडभान्चर एण्ड ट्रेक्स” ( www.ammoniteadventure.com ) पनि एक हो । जुन राजधानी काठमाडौैंको ठमेलस्थित रहेको छ । विं सं. २०६८ सालमा स्थापित सो संस्थाले स्वदेशी तथा विदेशी पर्यटकका लागि प्याराग्लाइडिङ, हिमालयको यात्रा, जंगल सफारी, एयर टिकट, टिवेट तथा भुटान टुर, बन्जी जम्प लगायत अन्य थुपै्र सुविधाहरु दिदै आएको छ ।

पर्यटकलाई यात्रामा कुनै किसिमको असहज परिस्थिती नहोस साथै पर्यटकको इच्छा बमोजिम गन्तव्यमा थप सेवा सुविधाका साथ पु¥याउन एमोनाइट लागिपरेको छ । गोरखा स्थायी घर भएका कृष्ण भित्रकोटी र रसुवा स्थायी घर भएका राजेश न्यौपानेद्धारा स्थापित एमोनाइट ट्राभल्सले अहिले सम्म ३ हजार भन्दा बढी स्वदेशी तथा विदेशी नागरीकलाई सेवा पु¥याइसकेको छ ।

एमोनाइटले पर्यटककै चाहानाबमोजिम एकदिने, दुई दिने तथा हप्ताको यात्रा प्याकेजको सुविधा दिदैआएकोमा इच्छाअनुशार कार, टुरिष्ट बस तथा हवाइमार्गबाट पनि यात्रामा गुणस्तिय सेवा पु¥याउँदै आएको एमोनाइटका प्रवन्धक निर्देशक कृष्ण भित्रकोटी बताँउनुहुन्छ । उहाँले नेपालको टुरिजमका लागि पर्यटकलाई विशेष प्राथमिकतामा राखिएको साथै बजेट अनुशार गन्तव्यमा पु¥याउन सोही अनुकुल वातावरणको सिर्जना गर्ने गरेको बताउँनुहुन्छ ।

एमोनाइटमा नेपाल एकडेमी अफ टुरिजम होटल म्यानेजमेन्ट (नाथम)बाट ट्रेनिङ प्राप्त गाइडहरु भएको । साथै पर्यटकको बिमाको सुविधाले पनि स्वदेशी तथा विदेशी पर्यटकलाई आफू सुरक्षित भएको विश्वास रहने ।

भौगोलिक रुपमा सम्पन्न देश नेपालमा पदयात्रा, तथा हवाइ यात्राको लागि सुविधा भएता पनि यात्राको क्रममा पर्यटकले पाउने सुविधामा कमी हुन गएमा ट्राभल्स संस्थाहरुले गुनासो नै सुन्नुपर्ने अवस्थाको सिर्जना बन्न सक्छ । यस्तो अवस्थामा टुरिजम सेक्टरलाई ध्यानमा राख्दै एमोनाइटले पर्यटकको बिमाको सुविधा दिदै आएको छ । जसबाट स्वदेशी तथा विदेशी पर्यटकलाई आफू सुरक्षित भएको विश्वास रहने निर्देशक कृष्ण बताउँनुहुन्छ । एमोनाइटमा नेपाल एकडेमी अफ टुरिजम होटल म्यानेजमेन्ट (नाथम)बाट ट्रेनिङ प्राप्त गाइडहरु भएकोले पर्यटकलाई कुनै किसिमको असहजता महसुस नभएको साथै अहिलेसम्म कही कतैबाट गुनासो पनि सुन्न नपरेको निर्देशक कृष्ण बताउँनुहुन्छ ।

सानैदेखि चञ्चल स्वभाव तथा बोलीमा मिठास भएका उहाँ धादिङका घर भएका टुरिजम गाइड दाइको प्रेरणाबाट आज यो ठाउँमा आउन सफल हुनु भएको हो । सानैबाट दोहरी साँझमा गीत गाएर गुजारा चलाउँदै आउनुभएका कृष्ण मोडलिङ क्षेत्रमा पनि उत्तिकै रुची राख्नुहुन्छ । उहाँले गायक प्रमोद खरेलको गीतमा आँधी बाटो, आज मलाइ यो जिन्दगी कस्तो कस्तो लाग्न थाल्योलगायत १६ वटा म्युजिक भिडियो खेलिसक्नुभएको छ ।

विद्यार्थीको भरपुर खुराक ‘एजुकेसन डाइट’

Feb 10 , 2017

राजेन्द्र मिश्र
माघ २८, काठमाडौं । झट्ट सुन्दा कुनै ब्यापारिक शैक्षिक संस्थाजस्तो सुनिने एजुकेसन डाइटको बारेमा केहि विद्यार्थीले सुने पनि धेरै बिद्यार्थी त सुन्न बाँकी नै छन् । पहिलो कुरा त कुनै निश्चित रकम तिरेपछी विभिन्न अनलाइन तथा इन्स्टिच्युटहरुले विद्यार्थीलाई निश्चित रकम तिरेपछि मात्र त्यस्ता त्यस्ता शैक्षिक खुराक दिने गर्छन् तर कुरा भिन्नै छ । यदि तपाईले एजुकेसन डाइट डट कम लग इन गर्नुभयो भने कुनै शुल्क तिर्नु पर्दैन । त्यसमाथि तपाईले टेष्ट प्रिपेरेसन तथा बिभिन्न आवश्यक पुस्तक पढ्न सक्नुहुनेछ ।

तपाईले एजुकेसन डाइटमा लग इन गर्नुभयो भने लोकसेवा, आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट तयारी घरमै बसेर गर्नसक्नुहुनेछ ।

तपाई आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट त्यसैगरि लोकसेवा सम्पूर्ण तहको घरमै बसेर अध्ययन गर्न चाहनुहुन्छ भने एजुकेसन डाइट डट कम लग इन गर्नुहोस । नयाँ पेज देखा पर्छ । यदि तपाई पहिलोपटक एजुकेसन डाइट डट कम प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले साइन अप मा आफ्नो इमेल ठेगाना दर्ता गराउनु पर्नेछ ।

त्यसपछि तपाइले कुन बिषयको अध्ययन गर्ने हो छान्नु पर्नेछ । यदि तपाई बैंकिंगको बारेमा अध्ययन गर्दैहुनुहुन्छ भने बैंकिंगमा गएर क्लिक गर्नुहोस् । त्यसपछी विभिन्न प्रश्न र त्यसका बैकल्पिक उत्तर देखा पर्छन् । तपाईको समय दायाँ पट्टि शुरु हुन्छ । त्यसपछी तपाइले सम्भावित प्रश्नमा राइट क्लिक गर्दै जानुहोस । जब सबै प्रश्नको बैकल्पिक उत्तर लेखिसक्नुहुन्छ । सिस्टमले तपाइको जवाफ मिले नमिलेको क्यालकुलेट गरेर तपाईको प्राप्तांक सहित देखाउने छ । यदि तपाई दोश्रोपटक अभ्यास गर्न चाहनुहुन्छ भने कन्ट्रोल आर थिच्नुहोस त्यसपछि फेरी क्विजमा भाग लिन सक्नुहुनेछ । यो सबै समुहमा लागु हुनेछ ।

हामीले विभिन्न सामाजिक संजाल र साइटहरुमा आफुले खोजेको कुरा पाउदै पाउदैनौ भन्ने त हैन तर तपाईले एजुकेसन डाइटमा लग इन गर्नुभयो भने लोकसेवा, आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट तयारी घरमै बसेर गर्नसक्नुहुनेछ । त्यसको अलावा तपाइले आफ्ना सहपाठीसँग समुहमा छलफल गर्न सक्नुहुनेछ । जस्तो कि तपाइले लोकसेवामा लग इन गर्नुभयो भने घरमै बसेर लोकसेवा तयारी गरिरहेका बिद्यार्थीसँग छलफल गर्न सक्नुहुनेछ ।

त्यसैगरी साइटमा उपलब्ध भएका अन्य इतिहास, साहित्य, खेलकुद, बिज्ञान, धर्म, भूगोल, बैंकिंग, राजनीति, कम्प्युटर, विभिन्न तहका तयारी कक्षाका सम्बन्धित सम्पूर्ण बिवरण साइटमा उपलब्ध छन् । तर केहि कुरा अपुग पनि रहेछन् । जस्तो कि आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट र अन्य कक्षाका पाठ्यपुस्तक पढेर मात्र विद्यार्थीलाई नपुग्न सक्छ त्यसको लागि अडियो र भिडियो को तत्काल थप गर्नुपर्ने हुन्छ जस्तो कि आएल्स को तयारी गरिरहेका बिद्यार्थीलाई पुस्तक मात्र भरपुर नहुन सक्छ ।

त्यसैगरि अन्य विषयहरु र विभिन्न भाषाका विषय पनि थप गर्नुपर्ने देखिन्छ ।

प्रथम काठमाडौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भोलीदेखि

Feb 08 , 2017

नेपाल तेक्वान्दो संघको तत्वाधनमा एवम् युनाईटेड तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाण्डौ अन्र्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप भोली(विहिबार)देखि शुरु हुदैछ । माघ २९ गतेसम्म हुने प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका लागि प्रतिस्पर्धा गर्नेछन। राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बंगलादेश, भुटान, मलेशिया, ईन्डोनेशिया,हङ्गकङ्ग,इन्डोनेसिया र सिंगापुरको सहभागीता भइसकेको प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी ¬¬गराए ।
पुम्सेको जुनियरमा १२ देखि १४ बर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ बर्षको  महिला तथा पुरुष,१७ बर्ष माथीको सिनियर महिला तथा पुरुष गरि ६ डिभिजनमा खेलाईनेछ । प्रतियोगितामा फाईटतर्फ ४० र पुम्से तर्फ ३८ स्वर्ण गरि कुल ७८ स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फाइट (क्योरुगी) तर्फ प्रत्येक डिभिजनका ब्यक्तिगत र टिमका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र र प्रत्येक डिभिजनका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । पुम्सेतर्फ ब्यक्तिगत, जोडी र टिमका प्रत्येक डभिजनका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्रप्रदान गरिने आयोजकका सदस्य कविराज नेगी लामाले बताए । टिम च्याम्पियन,दोस्रो र तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्री समेत ट्रफि प्राप्त गर्ने संयोजक लामाले बताए । प्रतियोगिता अन्तरगत पारा तेक्वान्दोको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल र भारत पारा तेक्वान्दो खेलाडीहरुकोविच प्रदर्शन खेल समेत समावेश गरिएको छ । विहिबार ह्वीइल चियर तेक्वान्दो खेलाडीले पुम्से र ब्रेकिङ्ग प्रदर्शन गर्ने कविराज नेगी लामाले बताए ।

स्ववियुको निर्वाचन आगामी फागुन १४ गते, निर्वाचनको कार्यतालिका सहित

Jan 28 , 2017

माघ १५, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ ।

८ वर्ष सम्म हुन नसकेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने निश्चित गरेको हो । निर्वाचनका लागि त्रिविले फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका :
(क) फागुन १ गते मतदाताको नाम प्रकाशित,
(ख) फागुन ४ गते उम्मेदवारलाई मनोयन पत्र वितरण,
(ग) फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिल गर्ने, साथै ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामवली प्रकाशित
(घ) फागुन ६ गते उम्मेदवारको नामवली उपर दावी विरोध गर्ने साथै साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने,
(ङ) फागुन ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, साथै ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र
(च) फागुन १४ गते मतदान हुने ।
त्रिविले निर्वाचनलाई ध्यानमा राखेर अहिले त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले बताउनुभयो ।

१२ औं टिआइए कपको उपाधि आयोजक टिआइए, एचएचसीए र भ्याली पब्लिकलाई

Jan 01 , 2017

पुस १७, काठमाडौं । आयोजक टिआइए, एचएचसीए र भ्याली पब्लिकले १२ औं टिआइए कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

ठुङरम इन्टरनेशनल स्कुल (टिआइए)मा आइतबार सम्पन्न फाइनल खेलमा स्टाफतर्फको थ्रि वाइ थ्रि खेलमा टिआइएले होलिभिजनलाई १७–१५, छात्रतर्फ एचएचसीएले टिआइएलाई ४०–३३ र छात्रातर्फ भ्यालीले बाबालाई २७–१८ ले हराउँदै उपाधि जितेका हुन् ।


विजयी टिआइएका लागि केदार बुढाथोकीले सर्वोधिक ७, एचएचसीएका लागि विशाल मानन्धरले सर्वोधिक १४ अंक जोडे भने भ्यालीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी रोशनी श्रेष्ठले सर्वोधिक १३ अंक जोडिन ।  त्यस्तै प्रतियोगिताभरीको उत्कृष्ट खेलाडीका रुपमा होलिभिजनका मनिष लामा चुनिए ।

प्रतियोगितामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका नेपाल सरकारका सिंचाइ राज्यमन्त्री सुरेन्द्र आचार्यले बिजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

त्यसैगरी, विद्यालयका कार्यबहाक अध्यक्ष कर्मा छिरिङ शेर्पाले राज्यमन्त्री आचार्यलाई मायाको चिनो प्रदान गर्नुभयो ।  पुस ८ बाट सुरु भएको सो प्रतियोगितामा छात्रतर्फ १६, छात्रातर्फ १२ र स्टाफतर्फ १० टिमको सहभागिता रहेको थियो ।

आयोजक टि.आइ.ए. १२ औं टिआइए कपको फाइनलमा

Dec 28 , 2016

पुस १३, काठमाडौं । टिआइए र एचएचसिए स्कुल १२ औं टिआइए कपको फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको छात्रतर्फको सेमिफाइनल खेलमा आयोजक टिआइएले भ्याली पब्लिकलाई ४७–४५ र एचएचसिएले स्काइलार्कलाई ५३–४५ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टिआइएको जितका लागि सलिन शेरचनले सर्वोत्कृट १६ अंक जोडे भने एचएचसिएको जितका लागि राज कुमारले सर्वोत्कृष्ट १५ अंक जोडे ।

त्यस्तै, आजै भएको छात्रातर्फको सेमिफाइनल खेलमा भ्याली पब्लिक र बाबा फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले होली भिजनलाई २४–१३ र बाबाले चान्दबाघलाई १९–१८ ले हराउँदै फाइनल प्रवेश गरेको हो । बाबाको जितका लागि सोनी शेर्पाले सर्वोत्कृष्ट १२ अंक जोडिन भने भ्याली पब्लिकका निलम शेर्पाले सर्वोत्कृष्ट अंक जोडिन ।

विजयी टिआइए(छात्र)ले पुस १७ गते आइतवार हुने फाइनल खेलमा एचएचसिएसँग र छात्रातर्फ बाबाले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक टि.आइ.ए.ले जनाएको छ ।

तीन एजेण्डामा प्रधानमन्त्रीले बोलाए त्रिपक्षीय बैठक

Dec 27 , 2016

पुस १२, काठमाडौं । सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमती जुटाउन बोलाउनु भएको बैठक सोमबार बिना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिपक्षीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रम दाहालले नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनमा आबद्ध दललाई बोलाउनु भएको हो ।

सो बैैठकमा स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन, संविधान संसोधन प्रस्ताव परिमार्जन र निर्वाचनको मिति विषयक एजेण्डामा छलफल हुने बताइएको छ ।

मुख्य दलहरुबीच अहिले स्थानीय निकायको चुनाव, संसोधन प्रस्ताव परिमार्जनलगायत विषयमा सहमति हुन सकेको छैन ।

जसअनुशार सत्तासाझेदार नेपाली कांग्रेस पुरानै संरचनाअनुरुप स्थानीय निकायको चुनाव गर्नुपर्ने अडानमा रहेको छ भने प्रमुख प्रतिपक्ष एमाले संसदको चुनाव पहिला गर्नुपर्ने अडानमा छ ।

आयोजक टिआइए १२ औं टिआइए कपको क्वाटरफाइनलमा

Dec 26 , 2016


पुस ११, काठमाडौं । १२ औं टिआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टिआइए को छात्र र छात्रा दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको छात्रतर्फको खेलमा आयोजक टिआइएले स्काई लार्कलाई ५१–३७ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टिआइएको जितका लागि अतुल थापाले सर्वाधिक २४ अंक जोडे ।

त्यस्तै छात्रातर्पmको खेलमा आयोजक टिआइए लोयल्टी स्कुलसंग १८–१७ ले पराजित भयो । तर यो हारमा पनि टिआइए अन्तिम आठमा प्रवेश गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितमा विन्दु लिम्बुले ६ अंक जोडिन ।

आजै भएको छात्रतर्फको अन्य खेलमा ग्रिनल्याण्डले अमरलाई ४५–१०ले हराएको छ । ग्रिनल्याण्डका आशिष श्रेष्ठले २० अंक जोडेपछि अमर सजिलै पराजित हुन पुगेको हो । त्यस्तै ज्ञान निकेतनले पनि चान्दबागलाई २७–१८ले पराजित ग¥यो ।

प्रतियोगिताअन्तर्गत मंगलबार हुने क्वाटरफाइनलमा छात्रतर्फ एचएचसिए र ज्ञान निकेतन, ग्रिनल्याण्ड र स्काई लार्क, भ्याली पब्लिक र बुद्ध एकेडेमी, टिआइए र एन्जल हार्ट त्यस्तै छात्रातर्फ भ्याली पब्लिक र भद्रकाली, चान्दबाग र इडन ब्रिज, मल्पी र टिआइए, बाबा बोर्डिङ र लोयल्टीबिच प्रतिस्पर्धा हुने आयोजक टिआइएले जनाएको छ ।

१२ औं टि.आइ.ए. कप अन्तरविद्यालय प्रतियोगितामा आज कुन कुन स्कुल बिजयी भए ?

Dec 25 , 2016

पुस १०, काठमाडौं । काठमाडौंको हात्तिगौडास्थित ठुङरम इन्टरनेशनल एकेडेमी उच्च मा. वि. (टि.आइ्.ए) मा जारी १२ औं टि.आइ.ए. कप अन्तरविद्यालय प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा छात्रतर्फ भ्याली पब्लिक स्कुलले चन्दबाघ स्कुललाई ३३-२७ ले पराजित गरेको छ । बिजयी टिमका लागि विनोद नेपालीले सर्वाधिक १२ अंक जोडे ।

टि.आइ.ए.द्धारा जारी सो प्रतियोगितामा ग्रीनल्याण्डले पनि एन्जल हर्ट स्कुललाई २४-१८ ले पराजित ग¥यो । ग्रीनल्याण्डका लागि सर्वोधिक अंक रेतिष्नले जोडे ।

स्काइलार्कले बसन्धुरा नेशनल स्कुललाई ४८-२२ ले पाखा लगायो । स्काइलार्कको जितका लागि सुनिल मगरले सर्वोधिक १८ अंक जोडे ।

न्यू भिजनले एल.आर.आईलाई १७-८ ले पराजित ग¥यो । भिजनको जितका लागि आरिषाले सर्वोधिक १०अंक जोडे । त्यसैगरी एल.आर. आइ स्कुल बुद्ध एकेडेमीसँग पनि पराजित भएको छ । एल.आर. आइ. बुद्धसँग ३२ ३० ले पराजित भएको हो ।

त्यस्तै आजै भएको छात्रातर्फको खेलमा चन्दाबाघले भद्रकाली स्कुललाई २०-८ ले पराजित ग¥यो । चन्दबाघका लागि आइसा पुनले सर्वाधिक १० अंक जोडिन ।

लोयल्टीले होली भिजन स्कुललाई १८-८ ले हरायो । लोयल्टीका लागि विन्दु लिम्बुले सर्वोधिक १० अंक जोडिन ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक टि.आइ.ए.ले जनाएको छ ।

पशुपति वनकाली क्षेत्रमा चक्कु प्रहार हुँदा युवकको मृत्यु

Dec 22 , 2016

पुस ७, काठमाडौं । पशुपति वनकाली क्षेत्रमा बुधवार साँझ चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान घर भइ हाल बालाजुमा बस्दै आएका १९ वर्षीय सोनाम तामाङ छन् । सोनामको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा सोनामका साथी १८ वर्षका विजय गुरुङ घाइते भएका छन् । उनको टाउको र कोखमा चोट लागेको छ ।

चक्कु प्रहार गरी फरार रहेका युवाहरु समूहको खोजीकार्य तीव्र पारिएको र चाँडै नै नियन्त्रण लिने गौशाला प्रहरीका डीएसपी नवराज कार्कीले बताउनुभयो ।