May 31, 2023

विद्यार्थीको भरपुर खुराक ‘एजुकेसन डाइट’

Feb 10 , 2017

राजेन्द्र मिश्र
माघ २८, काठमाडौं । झट्ट सुन्दा कुनै ब्यापारिक शैक्षिक संस्थाजस्तो सुनिने एजुकेसन डाइटको बारेमा केहि विद्यार्थीले सुने पनि धेरै बिद्यार्थी त सुन्न बाँकी नै छन् । पहिलो कुरा त कुनै निश्चित रकम तिरेपछी विभिन्न अनलाइन तथा इन्स्टिच्युटहरुले विद्यार्थीलाई निश्चित रकम तिरेपछि मात्र त्यस्ता त्यस्ता शैक्षिक खुराक दिने गर्छन् तर कुरा भिन्नै छ । यदि तपाईले एजुकेसन डाइट डट कम लग इन गर्नुभयो भने कुनै शुल्क तिर्नु पर्दैन । त्यसमाथि तपाईले टेष्ट प्रिपेरेसन तथा बिभिन्न आवश्यक पुस्तक पढ्न सक्नुहुनेछ ।

तपाईले एजुकेसन डाइटमा लग इन गर्नुभयो भने लोकसेवा, आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट तयारी घरमै बसेर गर्नसक्नुहुनेछ ।

तपाई आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट त्यसैगरि लोकसेवा सम्पूर्ण तहको घरमै बसेर अध्ययन गर्न चाहनुहुन्छ भने एजुकेसन डाइट डट कम लग इन गर्नुहोस । नयाँ पेज देखा पर्छ । यदि तपाई पहिलोपटक एजुकेसन डाइट डट कम प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले साइन अप मा आफ्नो इमेल ठेगाना दर्ता गराउनु पर्नेछ ।

त्यसपछि तपाइले कुन बिषयको अध्ययन गर्ने हो छान्नु पर्नेछ । यदि तपाई बैंकिंगको बारेमा अध्ययन गर्दैहुनुहुन्छ भने बैंकिंगमा गएर क्लिक गर्नुहोस् । त्यसपछी विभिन्न प्रश्न र त्यसका बैकल्पिक उत्तर देखा पर्छन् । तपाईको समय दायाँ पट्टि शुरु हुन्छ । त्यसपछी तपाइले सम्भावित प्रश्नमा राइट क्लिक गर्दै जानुहोस । जब सबै प्रश्नको बैकल्पिक उत्तर लेखिसक्नुहुन्छ । सिस्टमले तपाइको जवाफ मिले नमिलेको क्यालकुलेट गरेर तपाईको प्राप्तांक सहित देखाउने छ । यदि तपाई दोश्रोपटक अभ्यास गर्न चाहनुहुन्छ भने कन्ट्रोल आर थिच्नुहोस त्यसपछि फेरी क्विजमा भाग लिन सक्नुहुनेछ । यो सबै समुहमा लागु हुनेछ ।

हामीले विभिन्न सामाजिक संजाल र साइटहरुमा आफुले खोजेको कुरा पाउदै पाउदैनौ भन्ने त हैन तर तपाईले एजुकेसन डाइटमा लग इन गर्नुभयो भने लोकसेवा, आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट तयारी घरमै बसेर गर्नसक्नुहुनेछ । त्यसको अलावा तपाइले आफ्ना सहपाठीसँग समुहमा छलफल गर्न सक्नुहुनेछ । जस्तो कि तपाइले लोकसेवामा लग इन गर्नुभयो भने घरमै बसेर लोकसेवा तयारी गरिरहेका बिद्यार्थीसँग छलफल गर्न सक्नुहुनेछ ।

त्यसैगरी साइटमा उपलब्ध भएका अन्य इतिहास, साहित्य, खेलकुद, बिज्ञान, धर्म, भूगोल, बैंकिंग, राजनीति, कम्प्युटर, विभिन्न तहका तयारी कक्षाका सम्बन्धित सम्पूर्ण बिवरण साइटमा उपलब्ध छन् । तर केहि कुरा अपुग पनि रहेछन् । जस्तो कि आएल्स, टोफेल, ग्री, सिमेट, कुमेट र अन्य कक्षाका पाठ्यपुस्तक पढेर मात्र विद्यार्थीलाई नपुग्न सक्छ त्यसको लागि अडियो र भिडियो को तत्काल थप गर्नुपर्ने हुन्छ जस्तो कि आएल्स को तयारी गरिरहेका बिद्यार्थीलाई पुस्तक मात्र भरपुर नहुन सक्छ ।

त्यसैगरि अन्य विषयहरु र विभिन्न भाषाका विषय पनि थप गर्नुपर्ने देखिन्छ ।