Mar 16, 2023

दलहरूलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

Feb 14 , 2021

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।

निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११:३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

‘संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने।

आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।

आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ। उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको हो।

सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको छ। तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। तर आयोगले कसैलाई पनि मान्यता दिएको छैन। ओली र प्रचण्ड-नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका थिए।

आयोगले आज गर्ने निर्वाचन सम्बन्धी छलफलमा आफूहरू उपस्थित हुने नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता लिलामणि पोखरेलले सेतोपाटीलाई बताए।

आईसले आत्मघाती विस्फोट गराउँदा ४८ सैनिकको मृत्यु

Dec 19 , 2016
 Photo : AP
फोटो : AP

४ पुस, २०७३ । स्लामिक स्टेट समूह (आईएस) ले यमनको दक्षिणी पोत शहर अदनमा आत्मघाती विस्फोट गराउँदा कम्तीमा पनि ४८ सैनिकको मृत्यु भएको छ ।

विस्फोटमा परि अन्य ८४ जना घाइते भएका छन् । यो हमला अल–सवलाबन सैन्य अड्डाको नजिकै तलब लिन भनी कतारमा लाइन लागेको बेला हमला भएको हो ।

अधिकारीका अनुशार सो हमला केही आतंकवादी सैनिकको भिडमा गई बम विस्फोट गराएका थिए । विस्फोटको जिम्मा भने इस्लामिक स्टेट समूह (आईएस)ले लिइसकेको छ ।

केही दिन अघि मात्र सो अड्डामा आत्मघाती हमला भएको थियो । एजेन्सी