Sep 24, 2023

२० राष्ट्रले गरे विभिन्न खाद्यान्न निर्यात रोक, किन विश्वभर भइरहेको छ खाद्य संकटको चिन्ता?

May 23 , 2022

हाल विश्वका २० राष्ट्रले विभिन्न किसिमका खाद्यान्न निर्यातमा रोक लगाएका छन्। बाँकी केहीले करहरूको माध्यमबाट निर्यातमा कडाइ गरिरहेका छन्।

यससँगै विश्वभर खाद्यान्न संकटको चर्चा मात्रै सुरू भएको छैन, नेपालमा पनि खाद्यान्न संकट आउन सक्ने भन्दै उद्योग वाणिज्य तथा महासंघले पूर्व तयारीमा लाग्न छलफल नै चलाएको छ।

नेपालमा यसको कस्तो प्रभाव पर्छ भन्ने खासै अध्ययन गरिएको छैन।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोंमेन्ट (सावती) का अनुसन्धान प्रमुख पारस खरेल भन्छन्, ‘हाम्रो मुलुकमा हाल धान मुख्य खाद्यान्नको स्रोत भएकाले ठूलो प्रभाव त रहँदैन। तर मकै लगायत वस्तुको समेत मूल्य बढिरहेकाले कुखुरा उद्योगमा प्रभाव पर्ने र मासुको मूल्य वृद्धि हुने सम्भावना रहन्छ।’

हाल मुलुकमा आफ्नै उत्पादनले नपुगेर वार्षिक ६ लाख मेट्रिक टन धान आयात भइरहेको छ। गहुँ र मकैलाई मुख्य खाद्यान्न बनाउने मुलुकहरूमा भने अहिले विभिन्न मुलुकले लगाएको रोकले खाद्यान्न संकट आउन सक्ने विश्लेषण भइरहेको छ।

विश्व खाद्य कार्यक्रमले विश्वका ४ करोड ९० लाख मानिसहरूले भोकमरीको सामना गर्नुपर्ने अवस्था रहेको प्रक्षेपण गरेको छ। अफ्रिकाको साहेल क्षेत्रमा मात्रै कोभिडका कारण सिर्जना भएको भोकमरीको तुलनामा १० गुणा बढी मानिसहरू भोकमरीको शिकार हुने अनुमान गरिएको छ।

युक्रेन र रसियाको युद्धका कारण अहिले विश्वभर गहुँ, मकै, जौ र सूर्यमुखीको तेल लगायत खाद्यान्नको आपूर्ति श्रृखंलामा प्रभाव परेको हो। यी दुई मुलुकले मात्रै विश्वभर हुने गहुँको निर्यातको ३० प्रतिशत हिस्सा ओगट्छ।

भारतले आफ्ना एक अर्ब ४० करोड जनसंख्याको खाद्य सुरक्षाका लागि भन्दै निर्यातमा १३ मेमा गहुँको निर्यातमा रोक लगाएको छ। भारतमै पनि कतिपय स्थानमा गहुँको पिठोको मूल्य २० देखि ४० प्रतिशतसम्म बढेको खबर आएको छ।

भारतको यो निर्णयले नेपालमै पनि करिब ४३ वटा मिल बन्द हुने अवस्था आउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए।

यी विभिन्न २० मुलुकले लगाएको रोकको कारण विश्वको खाद्यान्न व्यापारको १० प्रतिशत प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वभर खाद्यान्नको व्यापारमा भइरहेको संकटले खाद्य प्रवृत्तिमा परिवर्तन आएमा रोक नलगाएका खाद्यान्नहरूको मूल्यमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ। हाल नेपालमा गहुँको मुख्य आयात भारतबाट र मकैको भारत तथा बंगलादेशबाट हुने गरेको छ।

२० मुलुकले निर्यातमा रोक लगाएका खाद्य वस्तुहरू :

Facebook Notice for EU! You need to login to view and post FB Comments!