खल्तीको नयाँ अफर, ५० रुपैयाँमा वनप्लस १० प्रो जित्ने मौका
May 22 , 2022

काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ योजना ल्याएको छ ।
यसअन्तर्गत खल्तीबाट कुनै पनि नम्बरमा ५० रूपैयाँ रिचार्ज गर्दा एक भाग्यशाली ग्राहकले वनप्लस १० प्रो जित्नसक्ने कम्पनीले जनाएको छ ।
जेठ २१ सम्म चल्ने यो योजनामा खल्तीका केवाईसी भेरिफाइड ग्राहक सहभागी हुनसक्ने छन् ।
खल्ती एप खोल्दा होमस्क्रिनमा ५० रूपैयाँ टपअपमा वनप्लस १० प्रो नामक अफर देख्न सकिन्छ ।
त्यहाँ ट्याप गरेपछि यो अफरबारे विस्तृत जानकारी पाउन सकिन्छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!