May 15, 2022

आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

May 09 , 2022

आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन्।

पछिल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा माग्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन्।