Sep 21, 2023

भोट माग्न गोरखामा घरदैलो गर्दै बाबुराम (तस्बिरहरू)

May 08 , 2022

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई हिजोआज गोरखाका गाउँ-गाउँ पुगेर घरदैलो गर्दैछन्।

महिनाको एकपटक गृह जिल्ला गोरखा र  आफ्नो चुनावी क्षेत्र पुग्ने गरेका बाबुराम हिजोआज स्थानीय चुनावका लागि पार्टीका नेता तथा कार्यकर्तालाई भोट माग्न घरदैलो गरिरहेका छन्।

भट्टराईले गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्रमा घरदैलो गरेका छन्। गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै जसपाले उपमेयरमा उम्मेदवारी दिएको छ।

बाबुरामकै गृहनगर पालुङटारमा भने जसपाबाट मेयर र वडाध्यक्षहरू लगायतमा उम्मेदवारी छ। यहाँ नेपाली कांग्रेससँग चुनावी तालमेल गर्दै कांग्रेसलाई उपमेयर छाड्न खोजे पनि भट्टराई सफल भएका थिएनन्। पालुङटारमा जसपाले उपमेयर उठाए पनि गत वैशाख १६ मा उम्मेदवारी फिर्ता लिएको थियो।

भट्टराई केही दिनदेखि गोरखामा चुनावी घरदैलो गर्न व्यस्त छन्। बिहानदेखि राति अबेरसम्म भट्टराई घरदैलो र टोल-टोलमा हुने चुनावी सभामा सहभागी हुन्छन्।

वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला भट्टराई घरदैलोमा पुगेका हुन्। गोरखा नगरपालिकामा भन्दा पालुङटारमा ०७४ मा जसपा (तत्कालीन नयाँ शक्ति) को मत धेरै आएको थियो।

तस्बिरहरू: