Sep 26, 2023

टिकटकमा जस्तै अब इस्टाग्राममा पनि फुल-स्क्रिन होम फिड

May 04 , 2022

काठमाडौं । तपाईंले टिकटक खोल्ने बित्तिकै सुरुमा तपाईंको स्क्रिनमा फुल-स्क्रिन भिडिओ आउँछ । यस्तै फिचर अब इन्स्टाग्राममा पनि देख्नुभयो भने अचम्म नमान्नु होला ।

किनभने मेटाले अब इन्स्टाग्राममा पनि फुल-स्क्रिन होम फिडको परीक्षण गरिरहेको छ । मेटाले केही समयअगाडि मात्र सार्वजनिक गरेको रिपोर्ट अनुसार इन्स्टाग्राममा प्रयोगकर्ताले बिताउने समयको २० प्रतिशतभन्दा बढी समय रिल्समा बिताउने गरेको पाइएको छ भने फेसबुकमा बिताउने कुल समयको ५० प्रतिशत समय भिडिओ सामग्रीमा बिताउने गरेको पाइएको छ ।

पछिल्लो समयमा टिकटकतिर फेसबुकको प्रयोगकर्ता पनि आकर्षित भएका कारण मेटाले आफ्नो प्लेटफर्ममा भिडिओ सामग्रीलाई धेरै प्राथमिकता दिइरहेको छ ।

यसैबीच इन्स्टाग्राममा पनि फुल-स्क्रिन होम फिड ल्याउन लागिएको हो । फुल-स्क्रिन होम फिड भएपनि स्क्रिनको तल्लोपट्टि भने नेभिगेसन बारमा डिस्कभरी ट्याब, रिल्स, शपिङ र आफ्नो पेजमा जाने ट्याबहरू उपलब्ध हुनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!