गैंडाको आक्रमणबाट चितवनमा एक पुरूष घाइते
May 01 , 2022

चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक जना पुरूष घाइते भएका छन्।
भरतपुर महानगरपालिका–२८ गोलाघाटका ३७ वर्षीय मनबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो।
बिहान ९ बजेतिर मिस्त्री काम गर्न जाँदै गर्दा घरबाट चार सय मिटर अगाडि मकैबारीमा कुमाललाई गैंडाले आक्रमण गरेको हो।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनको पेट र खुट्टामा चोट लागेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए
Facebook Notice for EU!
You need to login to view and post FB Comments!