May 31, 2023

ओलीले भने- अरू दलका उम्मेदवार चर्चा गर्न लायक छैनन्,

May 01 , 2022

‘केशव स्थापितको अनुभव र युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौंलाई समृद्ध बनाउने हो’‘

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे।

‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ। किनभने चर्चा गर्न लायक नै छैनन्। केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन। त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न। साथीहरूले कतिपयले इच्छा गर्नुभएको छ। इच्छा गर्न पाइन्छ। उहाँहरूको अधिकारको कुरा हो। उहाँहरूले इच्छा गर्नुपर्छ। उहाँहरूको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौँ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं,’ उनले भने।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए।

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले मजदुरहरूको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्‍याए ।

केशव स्थापितको अनुभव र युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौंलाई समृद्ध बनाउने हो’