Sep 26, 2023

गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न पाँच दलका शीर्ष नेताले गरे सात निर्णय

Apr 27 , 2022

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ।

गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरिएको छ।

केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!