Sep 26, 2023

कैलालीमा दुई नगरपालिकाका कांग्रेस उम्मेदवार छान्न केन्द्रले गर्‍यो हस्तक्षेप

Apr 27 , 2022

कैलालीमा दुई नगरपालिकाका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रले हस्तक्षेप गरेको छ। लम्कीचुहा र घोडाघोडीका मेयर र उपमेयर उम्मेदवारमा विवाद भएपछि केन्द्रले हस्तक्षेप गरेको हो।

लम्कीचुहाको मेयर बन्न कांग्रेसका भक्तबहादुर थापा  र सुशीला शाहीले उम्मेदवारी दिएका थिए।

प्रदेश समितिले थापालाई उम्मेदवार बनाएको थियो।  शाहीले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएको भन्दै उम्मदेवारी दिएकी थिइन्। केन्द्रले शाहीलाई आधिकारिक मानेको छ।

यस्तै  प्रदेश समितिले घोडाघोडी नगरपालिकामा उपमेयरकी उम्मेदवार बनाएकी रिता चौधरीको ठाउँमा केन्द्रले गुलिया चौधरीलाई आधिकारिक उम्मेद्वार मानेर चुनाव लड्न भनेको छ।प्रदेश समितिले उम्मेदवार बनाएकी चौधरीले उम्मेदवारी दर्ता गराएकी  थिइन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!