Sep 26, 2023

काठमाडौंको मेयरमा काँग्रेसले गर्‍यो सिर्जना सिंहसहित पाँच जनाको नाम सिफारिस

Apr 21 , 2022

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

बिहीबार महानगर समितिले सिर्जना सिंहसहित पाँच जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो।

बुधबार बसेको बैठकले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैध र प्रगतिमान रंजितको नाम सिफारिस गरेको हो।

सत्तारूढ गठबन्धनले काठमाडौंको मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको थियो।तर महानगर समितिले उपमेयरका लागी सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम पनि सिफारिस गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!