Sep 26, 2023

ललितपुरको मेयरमा विवेकशील साझाले उज्वलकृष्ण श्रेष्ठलाई उठाउने

Apr 19 , 2022

विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पार्टीले ललितपुर महानगर मेयरमा श्रेष्ठलाई उठाउन लागेको हो।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार ललितपुर मेयरका लागि आज श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।

आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!