तीन घन्टा सर्यो सत्तागठबन्धन बैठक
Apr 19 , 2022

आज बिहान ११ बजेका लागि बोलाइएको सत्तागठबन्धनको बैठक सरेको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य पार्टीको पनि बैठक रहेकोले सत्तागठबन्धनको बैठक तीन घन्टा पर सारेर दिउँसो २ बजेका लागि बोलाइएको छ।
राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले बालुवाटारमा दिउँसो २ बजे सत्तागठबन्धन बैठक बस्ने बताए।
सोमबार पनि सत्तागठबन्धन बैठक बालुवाटारमा बसेको थियो। महानगर र उपमहानगरमा भागबन्डा गर्नेबारे आज सहमति गर्ने तयारीमा सत्तारूढ दलहरू छन्।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!