कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई
Apr 01 , 2022

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेका हुन् । देउवा स्वदेश नफर्किँदासम्म खाणलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न दिइएको हो ।
प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाणलाई जिम्मेवारी तोकिएको बताइएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!