उपसभापति पूर्णबहादुर खड्काले पाए कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
Apr 01 , 2022

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!