Mar 23, 2023

स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम कांग्रेसले कसैसँग गठबन्धन गर्दैन– वीरबहादुर बलायर

Mar 28 , 2022

नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले सुदूरपश्चिम कांग्रेसले स्थानीय तह निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन नगर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनाव लक्षित पार्टी तथा कार्यकर्ता अन्तरक्रियामा बोल्दै सभापति वलायरले भने‚ ‘सुदूरपश्चिममा कुनै पनि हालतमा गठबन्धन हुन सक्दैन । सुदूरपश्चिममा कांग्रेस कमजोर छैन‚’ वलायरले भने‚ ‘केन्द्रले के निर्णय गर्छ ? त्यो बेग्लै विषय हो तर सुदूरपश्चिममा भने कांग्रेसले स्थानीय निर्वाचनमा कसैसँग पनि गठनबन्धन गर्दैन ।’ कार्यकर्ताहरूले सोधेको प्रश्नमा सभापति वलायरले भने‚ ‘गठबन्धन कांग्रेसको आवश्यकता होइन ।’