Sep 26, 2023

एमालेमा जान ठिक्क परेका वीरगन्जका राजेशमान अब जसपा प्रवेश गर्ने

Mar 18 , 2022

‘जसले भ्रष्टाचार गर्‍यो, उसलाई नै पार्टीमा लगेपछि अब एमाले जाँदिनँ’

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले) मा प्रवेश गरेपछि एमाले जान लागेका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्ने भएका छन्।

सिंह अहिले लोसपामा आवद्ध छन्। यसअघि आफू एमाले प्रवेश गर्न लागेको भए पनि अब जसपामा जान लागेको उनले बताए।

आफूलाई पटक-पटक समय दिएर पनि प्रवेश नगराइएको तर आफ्नै विरोधीलाई प्रवेश गराएकोले आफू एमालेमा नजाने सिंहले बताए।

‘मलाई एमाले अध्यक्षले तपाईं आउनुस् भन्नुभएको हो। सुरूमा फागुन १४ गते त्यसपछि २६ अनि २६ बाट २८ गते पुर्‍याइयो। फागुन २८ बाट चैत ६ अनि चैत ६ बाट ८ गते पुर्‍याइयो,’ उनले भने,’फागुन २८ गते बिहेको कार्यक्रम पारेर सरावगीलाई एमाले प्रवेश गराइयो। जसले भ्रष्टाचार गर्‍यो भनेर म निरन्तर विरोधमा छु। उसलाई नै पार्टीमा लगेपछि अब म एमाले जाँदिनँ।’

बिहेको कार्यक्रम पारेर सरावगीलाई पार्टी प्रवेश गराइएको र बिहेकै मान्छे देखाएर प्रचार गरिएको सिंहको दाबी छ। आफूलाई एमालेका जिल्ला तहका नेताले पार्टीमा ल्याउन नचाहेको उनले दाबी गरे।

सिंह २०७४ को स्थानीय निर्वाचनमा राजपाका तर्फबाट मेयरको उठेका थिए। सिंहले १२ हजार १ सय ६५ भोट ल्याएका थिए।

तत्कालीन संघीय समाजवादी फोरमका सरावगी १९ हजार ३९३ मत ल्याएर मेयरमा विजयी भएका थिए। नेपाली कांग्रेसका अजय द्वुवेदीले १९ हजार १९७ मत ल्याएर दोस्रो भएका थिए।

सिंहले २०४३ सालमा नेविसंघबाट राजनीति सुरू गरेका थिए। उनी २०५४ सालमा काग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। २०६३ को मधेस आन्दोलनदेखि उनी मधेस राजनीतिमा सक्रिय छन्। शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजावादी पार्टीको महासचिव थिए। २०७४ मा ६ मधेस केन्द्रित दलहरूले पार्टी एकता गरेर राष्ट्रिय जनता पार्टी(राजपा)गठन गरेपछि उनी महासचिव बनेका थिए।

सिंहलाई चैत ८ गते एमाले अध्यक्ष केपी ओलीले वीरगन्ज गएर पार्टी प्रवेश गराउने कार्यक्रम तय भइसकेको छ। सिंह चैत ७ नै गते जसपा प्रवेश गर्ने भएका छन्। सिंहलाई पार्टीमा भित्र्याउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई वीरगन्ज जाँदैछन्।

जसपाले अब वीरगन्जमा मेयरको उम्मेदावार सिंहलाई बनाउने जसपा सांसद प्रदीप यादवले बताए।

‘उहाँ हाम्रो पार्टी प्रवेश गर्दै हुनुहुन्छ। हामीले चैत ७ गतेनै उहाँलाई मेयरको उमेदवार घोषणा गर्दैछौं,’ सांसद यादवले भने,’मेयर सहितका केही व्यक्तिले पार्टी छोड्दा घाटा लाग्यो भनिएको छ। तर हामी पहिलाको भन्दा पनि राम्रो गर्छौं। किनकि विजयजी राजनीतिक व्यक्ति होइन। उहाँले छोडेर हाम्रो संगठनलाई केही असर पर्दैन।’

मधेशमा २०७४ को भन्दा राम्रो अवस्थामा आफूहरू फर्किने उनले दाबी गरे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!