ग्यास भन्दा सस्तो छ, खाना पकाउन विद्युतीय उपकरणकाे प्रयोग गरौं : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले विद्युतीय सवारीसाधन तथा चुलो प्रयोग गर्न आग्रह गरेकी छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री भुसाले विद्युतीय उपकरण प्रयोले अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्न उनले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
मूल्य वृद्धि बढेसँगै आम सर्वसाधारणलाई विद्युतीय उपकरणको प्रयोगतर्फ उन्मूख हनुपर्नेमा जोड दिँदै उनले भनिन, “विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्यासभन्दा सस्तो छ ।” हाल एक सिलिन्डर ग्यासको मूल्य १५ सय ७५, पेट्रोल प्रतिलिटर १ सय ५० र डिजल प्रतिलिटर १ सय ३३ रुपियाँ छ । मन्त्री भुसालले आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो ।
मुलुकले चरम समस्याहरुसँग सामाना गर्दै आएतापनि आयातमा उल्लेखिय वृद्धि,रुस र युक्रेन युद्ध प्रभाव,कालोबजारी,आम-बन्द हड्डताल,भष्ट्राचार लगायत विषयहरुले हाम्रो मुलुकको अर्थतन्त्रलाई सृदुढको बाटो तर्फ लैजान नसकिरहेको अवस्था देखिन्छ । जसको प्रभाव आम–सर्वसाधारणहरुमा प्रयत्क्ष असर पर्ने गएको छ ।