कांग्रेस अधिवेशन– सिन्धुपाल्चोकमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुँदै
Mar 13 , 2022

नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेका ठाउँमध्ये सिन्धुपालचोकमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
शनिबार राति भएको मत गणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत मत ल्याउन पर्ने व्यवस्था रहेको छ ।
पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ मत, वंशलाल तामाङले ६ सय २९ मत, र प्रेमध्वज लामाले ४ सय ९३ मत मात्र प्राप्त गरेका छन् ।
दोस्रो चरणको निर्वाचनमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुने छ । प्रेमध्वज तेस्रो स्थानमा पुगेसँगै चुनावी मैदानबाट बाहिरिएका छन् ।
दोस्रो चरणको मतदानका लागि आज नै तयारी भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतले बताए ।