May 11, 2022

आकाशियो सुनको मूल्य, यस्तो छ आजको भाउ…

Mar 13 , 2022

नेपली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा रु.२०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै यस अघि प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ३०० सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस अघि प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा रु.१० ले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!