May 11, 2022

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतक देवेन्द्र दाहाल

Mar 10 , 2022

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।

ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्।

दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।

‘उहाँले तपाईंहरूलाई गह्रुंगो जिम्मेवारी छ। पार्टीले देशको नेतृत्व गरिहाल्छ। लोकतन्त्र र संसदीय मर्यादा जोगाउन तपाईंहरू जिम्मेवार भएर लाग्नुहोस् भन्नुभयो

यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!