सोमबारदेखि सञ्चालनमा आएको याे अफर अन्तर्गत ग्राहकले कर सहित रु. १४ देखि रु. ३८५ सम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।
ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु. १४ मा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टक टाइम रु. ४५ मा सुचारु गर्न सक्छन् ।
त्यसैगरी रु. ९४ मा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले *१७११८*३# डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गर्न सक्ने जनाइएकाे छ ।
अलि धेरै समयसीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक उपलब्ध छ ।
यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेका दुईवटा अन्य प्याक पनि छन्, जसअन्तर्गत ग्राहकले रु. २६५ मा ४७५ मिनेट टक टाइम र रु. ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।