Sep 26, 2023

यसरी सजिलै हेर्नुहोस् नेष्डो समृद्ध लघुवित्तको आइपीओ नतिजा !!

Mar 08 , 2022

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँट समापन भएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा रहेको ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।

यस कम्पनीले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो ।  जसमा ५५ ले हुन आउने १२ हजार ७ सय ५० कित्ता कर्मचारीहरुको लागि र ५५ ले हुन आउने ४१ हजार ४ सय ३७ कित्ता म्युचल फण्डको लागि सुरक्षित गरेको थियो भने बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए  ।

न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ७७ हजार ४५६ जना भाग्यमानी आवेदकले यस लघुवित्तको सेयर हात पारेका छन् । माग भन्दा बढीको आवेदन परेकोले यो आईपिओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट गरिएको हो ।

कसरी हेर्ने नतिजा ?

आईपीओ बाँडफाँड सम्पन्न भईसक्दा पनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न  केही समय पर्खनुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!