चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको आग्रह
Mar 08 , 2022

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चुनावी अभियानका क्रममा गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा देउवाले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला,’ देउवाको भनाई उदृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले भने ।
आगामी फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गर्दै छ ।
उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारीमा कांग्रेस रहेको छ ।