May 31, 2023

सुनको मूल्य प्रतितोला एक लाख ३ हजार रुपैयाँ, चाँदीको कति पुग्यो ?

Mar 07 , 2022

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा वृद्धि भएको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा रु.११०० ले बढेको हो ।

नेपाली बजारमा आज छापावला सुनको मूल्य प्रतितोला एक लाख ३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

यसका साथै आज चाँदीको मूल्य भने स्थिर रहन गएको छ । आइतबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भएकोमा आज पनि सोहि मूल्यमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।