May 26, 2023

कांग्रेस र नेकपा (एस) का १३ जनप्रतिनिधिसहित १५६ जना एमालेमा प्रवेश

Mar 06 , 2022

बैतडीमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका १३ जनप्रतिनिधिसहित १ सय ५६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका तीन जना वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि एमालेमा प्रवेश गरेका हुन् ।

एमालेबाट निर्वाचित भएर पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्ष ९ जना सदस्य र १ जना कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेका छन् ।

शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं. २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवालगायत शनिबार गाउँपालिका स्तरीय भेलामा एमाले प्रवेश गरेका हुन् ।

‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन् । कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन्,’ एमाले केन्द्रीय सदस्य लिलाधर भट्टका भने ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!