शुक्रबार बाँडफाँड हुने भनिएको नेष्डो समृद्ध लघुवित्तको आईपीओ स्थगित, अब कहिले होला त ?

नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ आज (शुक्रबार) बाँडफाँड नहुने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको हो ।
कम्पनीको बिक्री प्रबन्ध क्यापिटलका अनुसार आइपीओ बाँडफाँडका लागि क्यापिटलबाट गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भइसकेकाले शनिबार यस कम्पनीका कर्मचारी उपस्थित भएपछि आइतबार प्रि–अलोटमेन्ट सम्पन्न गरी मंगलबार शेयर वितरण हुने भएको छ ।
सिडिएस क्लियरिङका अनुसार कम्पनीको आईपीओमा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ३८.८७ गुणा बढी हो ।
लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
सर्वसाधारणको लागि बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । यसका साथै कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।