एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बाँच्यो– माओवादी

नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बाँचेको बताएको छ । स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरी गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बाँचेको दाबी गरेकी हुन् ।
पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले भनीन्– एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन । एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।
धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान भएको उनले बताइन् । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो । संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनीन् ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’ उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।