नेपालीलाई विदेशमै ई-पासपोर्ट, कहाँ कहाँ छ सेवा ?

राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडले (आज) बुधवार सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले प्रतिसाधरण शेयर रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
कम्पनीले शूल्य दशमलव ५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधाण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । यी बाहेका बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधरणका लागि जारी गरेको हो ।
इच्छुक लगानीकर्ताहरुले यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सोहि अवधिमा यद्यपी माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीले जनाएको छ । यसका साथै आईपीओ खरीदका लागि न्युतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यस्तै, कम्पनीको आईपीओलाइ ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।