एप्पल, सामसङ, नोकिया, साओमी, वनप्लस, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइल ब्राण्डमा यो अफर लागू हुने जनाइएको छ ।
यसका लागि मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने एप्पल वर्ल्डका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए ।
उनले भने, ‘जोडीले नै दुईवटा मोबाइल खरिद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पिकर, हेडफोन, इयर पड लगायतका उपहार निःशुल्क पाउनेछन् ।’
उनका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ । साथै एकैपटक रकम भुक्तानी गर्न नसक्ने सेवाग्राहीले किस्ताबन्दीमा शुन्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरण खरिद गर्नसक्ने छन् ।
त्यतिमात्रै नभएर कम्पनीले ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टु फेस सर्भिस’ पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ ।