May 30, 2023

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, यस्ता छन् एजेन्डाहरु…

Feb 13 , 2022

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

यसअघि गएको शुक्रबार पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो। शुक्रबार निर्णय नगरी बैठक स्थगित भएपछि आज पुनः बैठक बसेको हो।

कांग्रेसमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका संस्थाले लामो समयदेखि अधिवेशन हुन सकेको छैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!