Sep 26, 2023

एमाले सचिवालयको बैठक बस्दै, सबै सांसदलाई काठमाडौं आउन निर्देशन

Feb 13 , 2022

नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । सत्ता गठबन्धनका दलले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा विरुद्घ महाअभियोग प्रस्ताव दर्ता गराएसँगै एमालेले सचिवालय बैठक बोलाएको हो ।

साथै एमालेले आफ्ना सांसदहरुलाई तुरुन्त काठमाडौं आउनका लागि निर्देशन दिएको छ ।

सचिवालय बैठक आइतबार साँझ बस्ने तयारी रहेको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

सत्तारुढ दलको यो कदमबारेमा औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको उनले बताए । एमालेले भोलि (सोमबार) दिउँसोका लागि संसदीय दलको बैठक पनि बोलाएको छ ।

दुवै बैठकमा छलफल गरेर गठबन्धनले दर्ता गराएको महाअभियोगका बारेमा ठोस धारणा बनाउने एमालेले बताएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!