Sep 27, 2023

एनसेलको ‘भ्यालेन्टाइन विथ माया’ योजना, १० जीबी डेटा र १०० मिनेट टकटाइम पाउने अवसर

Feb 13 , 2022

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले ‘भ्यालेन्टाइन विथ माया’ योजना ल्याएको छ ।

यो योजनामा सहभागी हुने भाग्यशाली ग्राहकले १० जीबी अल टाइम डेटा, १०० मिनेट टक टाइम (सबै नेटवर्कमा) र १०० एसएमएस (सबै नेटवर्कमा) पाउने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन एनसेलकाे वेबसाइट वा फेसबुक म्यासेन्जरबाट माया च्याटबटमा गएर ‘valentine’ टाइप गर्नुपर्नेछ । पपअप भएको कन्भर्सेसन बक्समा क्लिक गरेर माया च्याटबटसँग आफ्नो मनको भावना व्यक्त गरी उपहार जित्न सकिने बताइएको छ ।

भोलि (फेब्रुअरी १४) सम्म सहभागी हुनेमध्ये दुई जनालाई विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।