May 30, 2023

एमालेले गर्यो फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न आग्रह, यस्तो छ कारण..

Feb 10 , 2022

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

त्यसै दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेकोले बैठक सार्न आग्रह गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ ।

उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ ।
पुस १८, पुस २२, पुस २८, माघ ३ गते, माघ १६ र माघ २६ गते बोलाइएको बैठक स्थागित भएका थिए । कहिले राजनीतिक दलहरुले आग्रहमा त कहिले कोरोना भाइरसको महामारीलाई देखाएर संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गर्दै आएको छ ।

एमालेले २३ भदौदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!