May 30, 2023

ओलीको सन्देश लिएर शेखर पुगे बालुवाटार

Feb 09 , 2022

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग कोइरालाले अपरान्ह ४ बजे भेटवार्ता गर्ने स्रोतले जनाएको छ । भेटमा कोइरालाले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका बारेमा देउवालाई बिफ्रिङ गर्ने बताइएको छ ।

ओली–कोइरालाबीचको हिजोको भेटवार्तामा संसदबाट एमसीसी अनुमोदन, स्थानीय तहको निर्वाचन र अवरुद्घ संसद खुलाउने विषयमा छलफल भएको थियो।

ओली–कोइरालाबीच  मंगलबार साँझ अढाई घण्टा लामो भेटवार्ता भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!