कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु…
Feb 08 , 2022

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री शमाले बताए ।
बैठकमा यसबाहेक भ्रातृ संस्थाका अधिवेशन र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुने बताइएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।
साथै सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले त्यसको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!