रोनाल्डो बने इन्स्टाग्राममा ४० करोड फलोअर हुने पहिलो व्यक्ति
Feb 07 , 2022

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा अर्को ठूलो रेकर्ड बनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा ४० करोड फलोअर हुने उनी विश्वकै पहिलो व्यक्ति बन्न पुगेका छन् ।केही दिनअघि मात्रै आफ्नो ३७औं जन्मदिन मनाएका रोनाल्डो लामो समयदेखि इन्स्टाग्राममा धेरै फलोअर भएका र इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने सेलिब्रिटीको सूचीको पहिलो नम्बरमा छन् ।
योभन्दा अगाडि गत वर्षको सेप्टेम्बर महिनामा पनि रोनाल्डो इन्स्टाग्राममा २३ करोड ७० लाख फलोअर भएको पहिलो व्यक्ति बनेका थिए ।
अहिलेसम्म रोनाल्डोले इन्स्टाग्राममा ३,२४२ वटा पोस्ट गरेका छन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!