मन्त्रिपरिषदको निर्णय- स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते
Feb 07 , 2022

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको परामर्शका आधारमा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको अवधि ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकिएको बताइएको छ ।
यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।