प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा छलफल हुदैं, प्रचण्ड पनि जाने
Feb 06 , 2022

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ । उनीहरुबीचमा आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुन लागेको हो।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई छलफलका लागि बोलाएको बालकोटले पनि पुष्टि गरेको छ। उक्त छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने स्रोतले जनाएको छ।
एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजागाइँले पनि दुई नेताबीच भेट हुन लागेको पुष्टि गरेका छन्। ‘हो, प्रधानमन्त्रीले अध्यक्षलाई बोलाउनु भएको छ’, उनले भने, ‘उहाँ बालुवाटार जाने कार्यक्रम तय गरिएको छ।’
लामो समयदेखि अवरुद्ध संसद खुलाउने विषयमा दुई नेताबीच कुरा हुने बताइएको छ।