Apr 02, 2023

ठाकुर र देउवाबीच सुटुक्क भेटवार्ता, के भयो त कुराकानी ?

Feb 03 , 2022

प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह सुटुक्क भेटेका छन्।

अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेर देउवासँग आधा घण्टा लामो संवाद गरेका हुन्। भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको उनीनिकट एक नेताले बताएका छन्।

देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्यकाण्डका मुख्य दोषी एवम् निलम्वित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने कुरा ठाकुरले राखेका छन्। ‘उहाँले बुधबार अपरान्ह प्रधानमन्त्रीला भेट्नु भएको हो’, ती नेताले पत्रकारहरुससँग भने, ‘भेट लामो भएन। उहाँ (ठाकुर) ले त्यसक्रममा दुईवटा कुरा मात्रै राखेर बाहिरिनु भएको थियो।’

मधेस आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइबारेमा प्रधानमन्त्रीले गठबन्धनमा आवश्यक छलफल गरेर आवश्यक निर्णय लिन सकिने जवाफ दिएका थिए।

स्रोतका अनुसार ठाकुरले अमेरिकी परियोजना एमसीसी संसदमा लगेर बरु त्यहीँबाट छिनोफानो गर्दा उचित हुने सुझाएको दाबी गरेको छ।

तर यसबारेमा ठाकुर स्वयम्ले केही पनि खुलाएका छैनन्। एमसीसीलाई लिएर पाँच दलीय गठबन्धन्धनमा विवाद चर्किरहेका बेला प्रधानमन्त्री देउवाले अन्य दलका नेताहरुसँग पनि संवाद गरेका हुन्।