अब मास्क लगाएरै फेस आईडीबाट आईफोन अनलक गर्न सकिने
Jan 28 , 2022

काठमाडौं । मास्क लगाइरहँदा समेत अब आईफोन फेसआईडीबाट अनलक गर्न सकिने भएको छ । कम्पनीले आईओएस १५.४ को पहिलो डेभलपर बेटामा यसको परीक्षण थालेको हो ।
ट्वीटरमा ब्रान्डन बच र म्याकरुमर्सका अनुसार बेटा भर्सनको स्क्रिनमा ‘यदि तपाईँ सुरक्षा घटाएर मास्क लगाइरहेको अवस्थामा फेस आईडी प्रयोग गर्न सक्नुहुनेछ’ भनिएको छ । यद्यपि नाइनटुफाइभम्याकका अनुसार तपाईँसँग नयाँ डिभाइस छ भने मात्रै यो फिचर प्रयोग गर्न सक्नुहुनेछ ।
स्क्रिनको तस्वीर अनुसार एप्पलले भनेको छ, ‘यो फिचरको सहयोगमा आईफोनले आँखाको वरिपरिको भागको आधारमा अथेन्टिकेट गर्दछ ।’ फुल-फेस रिग्निसनमा सेट गर्दा मात्रै फेस आईडीले अधिकतम वास्तविक रुपमा काम गर्न सक्छ ।
यद्यपि यो फिचरको लाभ सबैले लिन भने पाउने छैनन् । प्रारम्भिक जानकारी अनुसार यो फिचरले आईफोन १२ र १३ लाइनअपका सेटमा मात्रै काम गर्नेछ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!