May 11, 2022

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

Jan 23 , 2022

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!