Sep 27, 2023

गृहमन्त्री खाणलाई प्रश्न–मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन ?

Jan 23 , 2022

गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताएका छन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन भन्ने विभिन्न अनलाईनको उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं । हामी (मन्त्रीहरु)ले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्छ ।

 

’सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ । ‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो,’ गृहमन्त्री खाणले भने ।